खिमलालको टिप्पणी- सरकारको बजेट राणाकालीन समयको जस्तो भयो (भिडिओ)
काठमाडौं । राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट ‘राणाकालीन समयको जस्तो’ भएको टिप्पणी गरेका छन् ।
राष्ट्रियसभाको बैठकमा बोल्दै प्रदेशका मुख्यमन्त्रीहरुले अहिलेको बजेटलाई राणाकालमा आएको बजेटको रुपमा चित्रण गरेको उनको भनाइ छ ।
उनले भने, ‘६० प्रतिशत कामको लोड प्रदेश र स्थानीय तहलाई भएपनि सरकारले २३ प्रतिशत मात्रै बजेट विनियोजन गरेर संघीयताको भावना र मर्मविपरीत काम गरेको छ । साविकको गाविसले समेत २ लाख भन्दा कमको योजना बनाउँदैनथे। त्यो निर्णयलाई समेत लत्याएर सरकारले २ लाख भन्दा कमको आयोजनाहरुसहितको बजेट ल्याएको छ ।’
बजेट मन्त्री र नेतामुखि भएको भन्दै त्यसको जिम्मेवारी अर्थमन्त्रीले लिनुपर्ने बताए ।