सञ्चार क्षेत्रमा भएका विकृतिहरूलाई नियन्त्रण गर्नुपर्छ : सभामुख घिमिरे (भिडिओ)
काठमाडौं । सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रलाई कुण्ठित गर्नु नहुने बताएका छन् ।
शनिवार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उनले सञ्चार क्षेत्रको महत्त्व धेरै रहेकाले सञ्चार क्षेत्रलाई कुण्ठित गर्ने कुरा लोकतन्त्रमा स्वीकार्य हुन नसक्ने बताए ।
सञ्चार क्षेत्रमा भएका विकृतिहरूलाई नियन्त्रण गर्ने काममा लाग्नुपर्ने उल्लेख गर्दै उनले सञ्चारमाध्यमको महत्त्व बढाउने, ठिक दिशामा लैजाने र समाजवाद निर्माणको बाटो देखाउन सञ्चार क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।
सभामुख घिमिरेले सभामुखको भूमिका प्रभावकारी बनाउन र संसदलाई प्रभावकारी रूपमा व्यवस्थित रूपमा सञ्चालन गर्ने कुरामा आफूले महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा बढी ध्यान दिने बताए ।