बैठक सुरु भएलगतै सदन स्थगित
नेपाल प्रेस
२०८० असार १७ गते ११:४२
काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक सुरु भएलगतै बैठक स्थगित भएको हो ।
आजको बैठकमा सो सभाका सचिव पदमप्रसाद पाण्डेले राष्ट्रियसभामा उत्पत्ति भई सन्देशसहित प्राप्त मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० टेबुल गरेका थिए ।
प्रतिनिधिसभाको अर्को बैठक आजै १५ मिनेटका लागि बस्ने गरी स्थगन भएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर