एक वर्षपछि रुस र क्युवाबीच नियमित सिधा उडान हुँदै
काठमाडौं । रुस र क्युवाबीच एक वर्षपछि नियमित सिधा हवाइ उडान हुने भएको छ ।
रुसको सरकारी विश्व च्यानल आरटीका अनुसार आइतबारबाट रुसी विमान कम्पनी एरोफ्लोट गु्रपले आफ्नो रोसिया एयरलाइन्स्का जहाज रुसबाट क्युवा सिधा उडान गर्ने शनिवार सार्वजनिक गरेको छ ।
शनिबारै रुसको सेरेमेतयेभो विमानस्थलबाट विमान क्युवाको लागि उडान भरेको छ । अब हरेक शनिवार र मंगलबार उडान हुने भएको छ । पहिलो उडानमै टिकटहरु सबै बुक भएको विमान कम्पनीले आरटीलाई उल्लेख गरेको छ ।
अमेरिका लगायतका पश्चिमा देशहरुले रुसलाई हवाइ रुट दिन प्रतिबन्ध लाएसँगै रुस क्युवा सीधा हवाइ उडान भएको थिएन । तर, अहिले आकाश प्रतिबन्ध नलाएका देशहरुको बाटो भएर उडान हुने भएको हो ।