ललिता निवासको जग्गा घेराबारा गर्न महानगर प्रहरीको जम्बो टोली बालुवाटारमा (तस्बिरहरू/भिडिओ)
२०८० असार १७ गते १४:२६
काठमाडौं । काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्गा घेराबाराको प्रक्रिया सुरू गरेको छ ।
राजु पाण्डे नेतृत्वको डेढ सयभन्दा बढीको महानगर प्रहरीको टोली बालुवाटार पुगेका छन् । ललितानिवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले काम सुरू गरेको पाण्डेले बताए । अहिले त्यहाँ राखिएका निर्माण सामग्री हटाउन निर्देशन दिइएको छ ।
बालुवाटार स्थित एनआरएनएको कार्यालयनजिकैको खाली जग्गामा घेराबारा गर्न महानगर प्रहरीको जम्बो टोली परिचालन गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर