५ सयका १६० थान नक्कली नोटसहित ललितपुरबाट एकजना पक्राउ
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०८० असार १७ गते १७:५३
![](https://www.nepalpress.com/wp-content/uploads/2023/07/nakkali-note-pasang-vomjan.jpg)
काठमाडौं । नक्कली नेपाली नोटको कारोबारी भएको आरोपमा ललितपुरबाट एकजना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट मकवानपुरको गढी नगरपालिका-१ का ४२ वर्षीय प्रशान्त भनिने पासाङ भोम्जनलाई पक्राउ गरिएको जनाएको छ ।
प्रहरीका अनुसार भोम्जनको साथबाट ५ सय दरका एक सय ६० थान गरी ८० हजार नेपाली रुपैयाँ बरामद भएको छ। घटनाबारे आवश्यक अनुसन्धानका लागि भोम्जनलाई ललितपुर प्रहरी परिसर पठाइएको छ ।
प्रतिक्रिया