प्रचण्डको अभिव्यक्ति आत्मसमर्पणवादको ज्वलन्त उदाहरण : कमल थापा
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री प्रचण्डको पछिल्लो अभिव्यक्ति आत्मसमर्पणवादको ज्वलन्त उदाहरण भएको बताएका छन् ।
थापाले प्रितम सिंहबारे प्रधानमन्त्री प्रचण्डको भनाइप्रति कटाक्ष गर्दै सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्रीको भनाइले सिङ्गो राजनीतिक क्षेत्र लज्जित भएको बताए ।
उनले २०६३ पछिको धरातलीय यथार्थसमेत यही भएको भन्दै दुःख व्यक्त गरेका छन् ।
नेता थापाले गरेको ट्विट
‘प्रितम सिंहबारे प्रचण्ड :मलाई प्रधानमन्त्री बनाउन धेरैचोटि दिल्ली जानुभयो’
प्रम प्रचण्डको यस भनाइले सिङ्गो राजनीतिक क्षेत्र लज्जित भएको छ । तर, दुःखको कुरा के हो भने यो भनाइ २०६३ पछिको धरातलीय यथार्थ हो । आत्मसमर्पणवादको ज्वलन्त उदाहरण हो ।
“प्रितम सिंहबारे प्रचण्ड : मलाई प्रधानमन्त्री बनाउन धेरैचोटि दिल्ली जानुभयो”
प्रम प्रचण्डको यस भनाईले सिंङ्गो राजनीतिक क्षेत्र लज्जित भएको छ।तर,दु:खको कुरा के हो भने,यो भनाई २०६३ पछिको धरातलीय यथार्थ हो। आत्मसमर्पणवादको ज्वलन्त उदाहरण हो।— Kamal Thapa (@KTnepal) July 4, 2023