आयरल्यान्डलाई ९ ओभरमा ५० रन आवश्यक, नेपाल संघर्ष गर्दै
नेपाल प्रेस
२०८० असार १९ गते २०:०६
काठमाडौं । विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भइरहेको खेलमा नेपालविरुद्ध २६९ रनको लक्ष्य पछ्याइरहेको आयरल्यान्ड बलियो स्थितिमा देखिएको छ ।
आयरल्यान्डले ४१ ओभरमा ६ विकेट गुमाएर २१९ रन जोडेको छ । अब आयरल्यान्डलाई ९ ओभरमा ५० रन आवश्यक छ ।
आयरल्यान्डका लागि कुर्तिस क्याम्फर ६२ रनमा करण केसीले आउट गरे । ह्यारी टेक्टर ६० रनमा आउट भए । विकेटकिपर लोर्कान टकरले २४ रन बनाए ।
क्याम्फर र जर्ज डक्रेलबीच छैटौं विकेटका लागि ७४ रनको साझेदारी भइसकेको छ ।
नेपालका करण केसीले ३ तथा गुल्सन झा, सन्दीप लामिछाने र किशोर महतोले एकएक विकेट लिएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर