यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३० रुपैयाँ ९४ पैसा र बिक्री दर १३१ रुपैयाँ ५४ पैसामा कारोबार हुनेछ भने युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ६९ पैसा र बिक्री दर १४३ रुपैयाँ ३४ पैसामा कारोबार भइरहेको छ ।
हिजो अमेरिकी डलरको खरिद दर १३० रुपैयाँ ८४ पैसा र बिक्री दर १३१ रुपैयाँ ४४ पैसामा तथा युरो एकको खरिद दर १४२ रुपैयाँ ५४ पैसा र बिक्री दर १४३ रुपैयाँ १९ पैसामा कारोबार भएको थियो ।
बेलायती पाउण्ड स्टर्लिग एकको खरिद दर १६६ रुपैयाँ ४१ पैसा र बिक्री दर १६७ रुपैयाँ १७ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ८७.५३ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.९३ रुपैयाँ र क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।
उता, जापनिज येन १० को खरिदमा ९ रुपैयाँ ७ पैसा र बिक्रीदर ९ रुपैयाँ ११ पैसामा खरिदबिक्री हुदाँ दक्षिण कोरिया वन १०० को खरिदमा १० रुपैयाँ ८ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसामा कारोबार हुनेछ ।
यसै गरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९३ पैसा र बिक्री दर ३६ रुपैयाँ ०९ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.९१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७ रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर २८.१५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२८ रुपैयाँमा कारोबार हुनेछ ।