अष्ट्रेलिया पुगेर आकाश श्रेष्ठको खुलासा- म सिंगल छैन – Nepal Press

अष्ट्रेलिया पुगेर आकाश श्रेष्ठको खुलासा- म सिंगल छैन

काठमाडौं । अष्ट्रेलिया पुगेका नायक आकाश श्रेष्ठले आफू अब सिंगल नभएको खुलाएका छन् । एसएनएस सेलिब्रेटी नाइट २०२३ मा सहभागी हुन एसएनएस माइग्रेसन एण्ड एजुकेसनका ब्राण्ड एम्बेसेडर बनेर अष्ट्रेलिया पुगेका नायक श्रेष्ठले आफू सिंगल नरहेको प्रतिक्रिया दिएका हुन् ।

आकाश अष्ट्रेलियन हार्बर इन्टरनेशनल कलेज अवलोकन गर्न पुगेका थिए । त्यहाँ उनले विद्यार्थीहरूसँग कुराकानी पनि गरे । उक्त कुराकानीको क्रममा उनलाई विद्यार्थीहरूले उनको व्यक्तिगत र व्यवसायिक जीवनबारे प्रश्नहरु गरेका थिए । त्यही क्रममा उनलाई एक विदेशी विद्यार्थीले उनको प्रेम जीवनबारे सोधेकी थिइन् ।

उनले सोधेकी थिइन, ‘म नेपाली त बुझिदनँ । मात्र एउटा प्रश्न सोध्छु । हो या होइनमा जवाफ दिनुहोला । तपाईं सिंगल हुनुहुन्छ ?’

उनको प्रश्न सुनेपछि आकाशले मुस्कुराउँदै उनलाई पनि सिंगल भए नभएको प्रश्न सोधे । उक्त विद्यार्थीले आफू सिंगल भएको बताएपछि आकाशले भने आफू सिंगल नभएको बताए ।

आकासको उत्तर सुनेपछि ती विद्यार्थीले उनलाई पुनः किन भनेर सोधेकी थिइन् । जवाफ दिँदै उनले भने, ‘कुनै कारण नै छैन । म मेरो व्यक्तिप्रति प्रतिबद्ध छु । त्यसैले म लोयल (बफादार) भएर भनिरहेको छु । म अब सिंगल छैन ।’

आकाशले आफू सिंगल नभएको बताए पनि उनी कोसँग प्रेममा छन् भन्नेबारे भने खुलाएका छैनन् ।

नायिका पूजा शर्मासँगको सम्बन्धमा खटपट आएपछि आकाशले आफ्नो सम्बन्धबारे कहींकतै खुलेर बोलेका थिएनन् । आफू प्रेममा रहे–नरहेकोबारे समेत उनले कतै खुलाएका थिएनन । अष्ट्रेलिया पुगेर पहिलोपटक उनले आफू प्रेममा रहेको स्वीकारेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर