यस्तो छ आज विदेशी मुद्राको विनिमय दर – Nepal Press

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रुपैयाँ २७ पैसा र बिक्री दर १३१ रुपैयाँ ८७ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ८० पैसा र बिक्री दर १४३ रुपैयाँ ४५ पैसा रहेको छ।

हिजो अमेरिकी डलरको खरिद दर १३० रुपैयाँ ९४ पैसा र बिक्री दर १३१ रुपैयाँ ५४ पैसामा कारोबार भएको थियो भने युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ६९ पैसा र बिक्री दर १४३ रुपैयाँ ३४ पैसा रहेको  थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७० पैसा र बिक्री दर १६७ रुपैयाँ ४६ पैसामा कारोबार गर्न अनुमति दिएको राष्ट्र बैंकले अस्ट्रेलियन डलर एकको खरिद दर ८७.४५ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.८५ रुपैयाँ  तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९९ रुपैयाँ २ पैसामा कारोबार गर्न सकिने जनाएको छ ।

उता जापनिज येन १० को खरिदमा ९ रुपैयाँ १ पैसा र बिक्रीदर ९ रुपैयाँ १४ पैसामा कारोबार हुँदा दक्षिण कोरिया वन १०० को खरिदमा १० रुपैयाँ ८ पैसा र बिक्रीदर  १० रुपैयाँ १३ पैसामा खरिद बिक्री गर्न सकिनेछ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०२ पैसा र बिक्री दर ३६ रुपैयाँ १९ पैसा रहेको जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१६ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.२१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३४ रुपैयाँ कायम गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *