सहकारीले चालू वर्षको व्याज आगामी साउन १५ भित्र दिए आयको रूपमा गणना गर्न पाउने
काठमाडौं । सहकारी विभागले सहकारी संघसंस्थाका लागि नयाँ निर्देशन जारी गरेको छ ।
विभागले आज सहकारी संघरसंस्थाका लागि पाँच बुँदे नयाँ निर्देशन जारी गर्दै चालु आर्थिक वर्ष २०७९/८० को पाकेको ब्याज २०८० साउन १५ भित्र भुक्तान गरे चालु आवकै आयको रूपमा गणना गर्न पाउने छुन सुविधा दिइने जनाएको छ ।
यस्तै ऋणी सदस्यहरूमा परेको प्रभाव मूल्यांकन गरी सदस्यको मागका आधारमा गत आ.व. मा खराब ऋणीको सूचीमा नपरेका तथा कर्जा पूर्नतालिकीकरणको सुविधा नलिएका र कर्जाको पाकेको ब्याजको ५० प्रतिशत भुक्तानी गरेमा बाँकी साँवालाई ३ महिनाको अवधिका लागि मात्र पूर्नतालिकीकरणको व्यवस्था गर्न सकिने व्यवस्था गरिएको विभागले जनाएको छ ।
विभागले सहकारी क्षेत्रको पुनरुत्थान गर्नका लागि सहकारी ऐन, २०७४ को दफा २३, दफा २५ को खण्ड (ज) र दफा ९५ (५) एवं सहकारी नियमावली, २०७५ को नियम ७२ (३) र नियम ७६ (१) (झ) बमोजिम विभागले निर्देशन जारी गरेको हो ।