झिनो अंकले घट्यो नेप्से, याे साता यस्तो रह्यो बजार
काठमाडौं । साताको अन्तिम कारोबारका दिन नेप्से झिनो अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक ०.०६ अंकले घटेर २०४९.३८ बिन्दुमा कायम भएको छ । यसदिन ९७ लाख ५१ हजार ९८५ कित्ता सेयरको खरिदबिक्री हुँदा बजारमा ३ अर्ब ७ करोड ७४ लाख ९८ हजार ३१५ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, मोदी इनर्जी लिमिटेडको सेयरमा नकारात्मक सर्किट लागेको छ भने कारोबारका आधारमा शिवम सिमेन्ट्स १८ करोड ५६ लाख ४२ हजार १२१ रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।
यस साता यस्तो रह्यो नेप्से बजार
आइतबार नेप्से ५३ अंक र सोमबार २१.३२ अंकले बजार ओराले लागेको थियो । साताको तेस्रो दिन मंगलबार नेप्से बजारमा हरियाली छाएको थियो । यसदिन बजार १२.७३ अंकले बढेको थियो । त्यसैगरी बुधबार ३९.२६ अंकले बजार घट्यो र आजपनि ०.०६ अंकले बजार ओरालो लाग्यो ।