आज पनि बैंक तथा वित्तिय संस्था खुल्ने
नेपाल प्रेस
२०८० असार २३ गते ६:४१
काठमाडौं। आज शनिबार पनि बैंक तथा वित्तिय संस्था खुल्ने भएको छ । नेपाल राष्ट्र बैंकले शनिबार पनि राजस्व संकलनको व्यवस्था गर्न निर्देशन दिएसँगै आज बैंक खुल्ने भएको हो ।
महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शुक्रबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले असार २३ र ३० गते शनिबार राजस्व संकलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर (ईएफटी)को फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई व्यवस्था गर्न अनुरोध गरेको थियो ।
राष्ट्र बैंकका अनुसार असार २३ र ३० गते बिदाका दिन र २४ गतेसमेत राति ८ बजेसम्म सिस्टम खुला राख्नुपर्नेछ ।
प्रतिक्रिया
सम्बन्धित खवर