नेदरल्याण्डले आफ्ना औपनिवेशिककालिन सामाग्रीहरु श्रीलंका र इण्डोनेसियालाई फिर्ता गर्ने
काठमाडौं । नेदरल्याण्डले आफ्नो औपनिवेशिक कालमा श्रीलंका र इन्डोनेशियाबाट लुटेका सामाग्रीहरु फिर्ता गर्ने भएको छ । फ्रान्सको सरकारी विश्व च्यानल फ्रान्स २४ का अनुसार नेदरल्याण्ड सरकारले बनाएको एक आयोगको गत वर्षको निर्णय अनुसार ती सामाग्रीहरु फिर्ता हुने भएका छन् ।
४७८ समाग्रीहरु फिर्ता हुने भएका छन् । उक्त सामाग्रीहरु हाल नेदरल्याण्डका विभिन्न संग्रहालयमा राखिएका छन् । इण्डोनेसियाले आफ्ना पुराना कलात्मक सामाग्रीहरु फिर्ता गर्न नेदरल्याण्डलाई औपचारिक रुपमा आग्रह गरेपछि उक्त आयोग गठन भएको थियो ।
श्रीलंकामा सन १६५८ देखि १७९६ सम्म नेदरल्याण्डको उपनिवेश रहेको थियो भने इण्डोनेशियामा सन १८१६ देखि १९४१ सम्म नेदरल्याण्डको औपनिवेशिक शाशनमा रहेको थियो ।
औपनिवेशिककालका कलात्मक सामाग्रीहरु फिर्ता गर्ने निर्णय गरेको नेदरल्याण्डले हालसालै दासप्रथाको कारोबारको बारेमो माफी समेत मागेको थियो । दाशप्रथा नेदरल्याण्डका औपनिवेशिक क्षेत्रमा अन्त्य भएको १५० वर्षगाँठमा नेदरल्याण्डका राजा विलियम एलेक्जेन्डरले माफी मागेका थिए ।
याे पनि पढ्नुहाेस्
१५० वर्ष अगाडिसम्म भएको दासप्रथामा जोडिएकोमा नेदरल्याण्डका राजाले मागे माफी