मधेश प्रदेश : नीतिगत भ्रष्टाचार भएको भन्दै एमालेले गर्‍यो संसद् अवरुद्ध – Nepal Press

मधेश प्रदेश : नीतिगत भ्रष्टाचार भएको भन्दै एमालेले गर्‍यो संसद् अवरुद्ध

जनकपुरधाम । मधेश प्रदेशको प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले अवरुद्ध गरेको छ ।

अर्थमन्त्री सञ्जय कुमार यादवले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउँदै एमालेका सांसदहरूले प्रदेश बैठक अवरुद्ध गरेको हो ।

प्रदेशसभा बैठक सभामुख रामचन्द्र मण्डलले सुरु गरे लगत्तै एमालेका सांसदहरू उभिएर अवरुद्ध गरे ।

एमाले सांसद लखन दासले अर्थमन्त्री यादवले चालु आर्थिक वर्षको अन्तिममा विभिन्न मन्त्रालयबाट बजेट रकमान्तर गरी सर्लाहीमा मात्रै लगेको आरोप लगाए । उनले बजेट रकमान्तरबारे उनले मुख्यमन्त्री सरोज कुमार यादवसँग जवाफ माग गरे ।

यस्तै एमालेकै अर्का सांसद दीपेन्द्र ठाकुरले अर्थमन्त्री यादवले स्थानीय तहमा सशर्त बजेट कमिसन लिएर पठाएको आरोप लगाए ।

उनले अर्थमन्त्री र सरकार नीतिगत भ्रष्टाचार गरेको भन्दै मुख्यमन्त्री चित्तबुझ्दो जवाफ नदिएसम्म बैठक चल्न नदिने चेतावनी दिए ।

एमालेका सांसदहरू मुख्यमन्त्रीको जवाफ माग गर्दा सभामुख मण्डलले बस्न आग्रह गरेका थिए । तर एमाले सांसदहरू नमानेपछि सभामुख मण्डल बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।

प्रदेश सरकारले असार १ मा अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो । त्यसको २३ औँ दिन आज प्रदेशसभा बैठक बस्यो ।

बजेटमाथि छलफल र छलफलमा उठेको प्रश्नको जवाफ अर्थमन्त्रीले दिने कार्यसूची रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर