बारीमा लैजाने क्रममा भैँसीले च्याप्दा एक जनाको मृत्यु
नेपाल प्रेस
२०८० असार २३ गते १७:०३
सुर्खेत । दैलेखमा भैँसीले च्यापेर एक जनाको मृत्यु भएको छ ।
नारायण नगरपालिका-४ बस्ने ५४ वर्षीया चक्रबहादुर कटुवाललाई आफैले पालेको भैँसीले च्यापेर मृत्यु भएको हो ।
मृतक कटुवालले घरबाट बारीमा लैजाने क्रममा उकालो बाटोमा चिप्लिदा भैँसीले च्यापेर मृत्यु भएको दैलेख जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
कटुवाल नारायण नगरपालिकामा वडा सचिवमा कार्यरत रहेको प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर