प्रधानमन्त्री प्रचण्डका ज्वाइँ जीवन आचार्य कोशीको आर्थिक मामिलामन्त्री नियुक्त हुँदै – Nepal Press

प्रधानमन्त्री प्रचण्डका ज्वाइँ जीवन आचार्य कोशीको आर्थिक मामिलामन्त्री नियुक्त हुँदै

विराटनगर । माओवादी भित्रको आन्तरिक विवादका कारण नयाँ मन्त्रीमण्डलमा सामेल हुन नपाएका माओवादीका सांसद जीवन आचार्य आज कोशी प्रदेशको मन्त्री नियुक्त हुने भएका छन् ।

शुक्रवार नै मन्त्री हुने पक्का भएका आचार्यलाई आज पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम छ । शुक्रवार नेपाली काङ्ग्रेसका तर्फबाट प्रदीप सुनुवार र एकीकृत समाजवादीबाट कमल प्रसाद जवेगु विना विभागीय मन्त्री नियुक्त भएका थिए ।

प्रचण्डका ज्वाइँ समेत रहेका आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्री बनाउने तयारी भएको श्रोतले जनाएको छ ।

शुक्रवार अपराह्न माओवादीका प्रदेश इन्चार्ज राम कार्की सहित बसेको नेकपा माओवादी संसदीय दलको बैठकले सांसद जीवन आचार्यलाई मन्त्री बनाउने सहमति गरेको छ । बैठकमा निकै रस्साकस्सीबीच उनलाई मन्त्री बनाउने सहमति बनेको हो ।

बैठकमा आचार्यले यो सरकार बनाउन आफूले भूमिका खेलेकाले आफूलाई नै मन्त्री बनाउनुपर्ने दाबी गरेका थिए । धेरै सांसदको विरोध हुँदाहुँदै पनि उनलाई मन्त्री बनाउने सहमति बनेको हो ।

यसअघिको सरकार पनि आचार्य मन्त्री थिए । उनीसँगै अघिल्लो सरकारमा मन्त्री रहेका दुर्गाप्रसाद चापागाईँले पनि मन्त्री हुने रहर गरेका थिए । तर, आफूलाई पार्टीले मन्त्री बनाउने अवस्था नदेखेपछि उनले मन्त्री नहुने घोषणा गरेका छन् । शनिवार बिहान सामाजिक सञ्जालमार्फत पाटीमा आलोपालो सरकारमा जाने मत उठे पनि आफू सरकारमा नजाने घोषणा गरेका हुन् ।

‘कोशी प्रदेश सरकार निर्माण सम्बन्धमा नेकपा ९माओवादी केन्द्र० प्रदेश संसदीय दलभित्र माननीय ज्यूहरुले राख्नु भएको आलोपालो गरौँ भन्ने राय, सुझावलाई आत्मासात गर्दै म यस पटक सरकार मा नजाने निष्कर्षमा पुगे’ उनले लेखेका छन् ।

नेकपा माओवादी केन्द्रको हेडक्वाटरको निर्देशन बमोजिम आचार्यलाई सरकारमा पठाउन लागिएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर