तीन लाखभन्दा कम मूल्य पर्ने ई-स्कुटर, एभरेज माइलएज कति ? – Nepal Press

तीन लाखभन्दा कम मूल्य पर्ने ई-स्कुटर, एभरेज माइलएज कति ?

काठमाडौं । नेपाली बजारमा इलेक्ट्रिक सवारी साधनहरुको संख्या बढ्दो छ ।

हाल बजारमा रहेका ईलेक्ट्रिक स्कुटरहरुले १००-३०० किलोमिटरसम्मको एभरेज माइलएज दिन्छन् । बाइकहरुले ३६० किलोमिटरसम्मको एभरेज माइलएज दिने गर्छन् । नेपालमा उपलब्ध ई-स्कुटर हजारदेखि लाखौं रुपैयाँसम्मका रहेका छन् । तिमध्येका यी हुन् प्रमुख विशेषतासहित ३ लाखभन्दा कम मूल्य पर्ने ई-स्कुटरहरु ।

एनआइयू ई-स्कुटर

११५ केजीसम्मको लोड धान्न सक्ने क्षमता भएको एनहाइयू ई-स्कुटको मुल्य १ लाख ४५ हजार रुपैयाँ रहेको छ । इस्कुटर एक पटक फूल चार्ज गर्दा ७० देखि १३० किलोमिटरसम्म गुड्ने गर्छ । यसको गति ३५-८० किलोमिटर प्रतिघण्टा रहेको छ ।

सिग्वे ई-स्कुटर

नेपाली बजारमा उपलब्ध रहेको सिग्वे ई-स्कुटरको मुल्य २ लाख ९१ हजार रुपैयाँ छ । १ हाजर ४४० डब्लुएचको बैट्री रहेको यस इस्कुटरले १०० किलोमिटरको एभरेज दिने गर्छ । त्यस्तै, इस्कुटरमा वाइफाइ कनेक्सन सुविधा समेत रहेको छ ।

प्युर ई-स्कुटर

१५० केजीको लोड क्षमता भएको प्युर ई-स्कुटरको अत्याधिक गति ६० किलोमिटर प्रतितघण्टा रहेको छ । नेपाली बजारमा यसको मुल्य भने २ लाख ६० हजार रुपैयाँ रहेको छ । इकुटरले १२० किलोमिटरको माइलेज दिन्छ ।

हिरो ईलेक्ट्रिक स्कुटर

नेपाली बजारमा रहेको ‘हिरो इभी’ स्कुटरको मुल्य २ लाख ४९ हजार रहेको छ । ४ देखि ५ घटाभित्र फुल चार्ज हुने इस्कुटरले एक पटकको चार्जमा १६५ किलोमिटरसम्मको माइलेज दिने गर्छ ।

सुनरा हावेक ई-स्कुटर

सुनरा कम्पनीको ‘हावेक’ इभी स्कुटर सिङगल बेट्रि सहितको आउने गर्छ । यस इस्कुटरको अत्याधिक गति ४५ किलोमिटर प्रतिघण्टा रहेको छ । ६५ किलोमिटरको एभरेज दिने इस्कुटरको मुल्य नेपाली बजारमा २ लाख ३६ हजार रुपैयाँ छ । यसले एकपटकको फूल चार्जमा १३० किलोमिटरसम्मको माइलेज दिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर