ललिता निवास प्रकरणमा बहालवाला सचिव पक्राउ
नेपाल प्रेस
२०८० असार २४ गते १७:१९
काठमाडौं। ललिता निवास जग्गा हिनामिना प्रकरणमा बहालवाला सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा केहीबेर अघि त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।
भौतिक मन्त्रालयमा शाखा अधिकृत छँदा राउतले ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप छ । यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिएको थियो । उनी अहिले थुनामा छन् ।
प्रतिक्रिया
टिप्पणी उठाउने पर्ने स्वीकृत गर्ने माधव नेपाल नपर्ने । यस्तो पनि हुन्छ ? खुरूक्क माधवलाई पक्रनु पर्दैन ?
कर्मचारीलाई मात्र बलिको बोको बनाउने कृष्णप्रसाद देखि अहिलेसम्मका प्रधानमन्त्री न्यायाधीश सबैलाई कारबाही गर सबै यस्ता खाले क्याबिनेट बाट भएका काम कसैलाई दान वकस भाडा लगाउने सुकुम्बासी लाई बाढ्ने काम सबै खारेज होस् २०२१ पछि नापजाँच भएको पनि खारेज गर नत्र नाटक आवश्यक छैन ।
माधव कुमार नेपाल स्वमयले म नेता हुँ कसैको कार्यकर्ता होइन भनेको त सुन्नु भएकै होला । त्यसमाथि अहिले सत्ताधारी दलको नेता पो त हो ख्याल ख्याल छ र ?