२५ दिनपछि बसेको प्रदेश सभा अनिश्चितकालका लागि स्थगित, बजेट छलफल थप अन्योलमा – Nepal Press

२५ दिनपछि बसेको प्रदेश सभा अनिश्चितकालका लागि स्थगित, बजेट छलफल थप अन्योलमा

कैलाली । असार १ गते सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमाथिको छलफल अझै सुरु हुन सकेको छैन । २५ दिन पछि आज प्रदेश सभाको बैठक बसेको थियो ।

असार ५ गते गाडी दुर्घटनामा ज्यान गुमाएका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक सकिएको छ ।

शोक प्रस्ताव पारित भएसँगै सभामुख भीमबहादुर भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए । अनिश्चितकालका लागि बैठक स्थगित भएपछि बजेट माथिको छलफल पनि अन्यौलमा परेको छ ।

सत्तारुढ दलकै प्रदेशसभा सदस्यहरूले बजेटप्रति असन्तुष्टि जनाएपछि सरकारलाई बजेट पारित गर्न सकस छ । त्यसैमाथि सत्ता गठबन्धनका तीन दलले संयुक्त रुपमा बजेटमा समर्थन गर्न नसकिने निर्णय गरेका छन् । अहिले मुख्यमन्त्रीले सत्ता गठबन्धनका नेताहरूसँग संवाद थालेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर