नागरिक उड्डयन प्राधिकरणले सरकारलाई बुझायो ५८ करोड लाभांश – Nepal Press

नागरिक उड्डयन प्राधिकरणले सरकारलाई बुझायो ५८ करोड लाभांश

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सरकारलाई ५८ करोड रुपैयाँ लाभांश बुझाएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले गत आर्थिक वर्षको नाफाबाट सो लाभांश बुझाएको नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार महालेखापरीक्षकले अन्तिम लेखापरीक्षण गरेपछि नाफा कमाएको बेला लाभांश सरकारको राजस्व खातामा जम्मा गर्ने प्रावधान छ । सोहीअनुरुप अहिले सरकारको खातामा ५८ करोड रुपैयाँ जम्मा गरिएको हो ।

हाल क्यानको सम्पत्ति ५ खर्ब पुगेको विभिन्न मूल्यांकनले देखाएको छ । सरकारले विमानस्थल निर्माण तथा सञ्चालनमा लगानी गर्ने गरेको छ । हाल ३३ वटा विमान सञ्चालनमा रहेको प्राधिकरणले जनाएको छ ।

सरकारको शेयरबापतको लाभांश क्यानले दिएको हो । प्राधिकरणको २०७९ असार मसान्तसम्मको शेयर पूँजी ५९ अर्ब ४६ करोड ५८ लाख, जगेडा कोष तथा सञ्चित नाफा १ खर्ब ४६ अर्ब ४८ करोड र दायित्व ३८ अर्ब ९७ करोड ७३ लाख रुपैयाँ रहेको महालेखापरीक्षकको प्रतिवेदनले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर