पहिलो होइन आजको मनाङ एयरको दुर्घटना : यी हुन् यसअगाडि भएका दुर्घटनाहरू
काठमाडौं । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ ।
अहिलेसम्म ५ जनाको शव भेटिएको पुष्टि भएको छ । एक जनाको अवस्था अहिले पनि अज्ञात रहेको प्रहरीले जनाएको छ ।
पाइलटबाहेक हेलिकप्टरमा सबै जना मेक्सिकन नागरिक सवार रहेका छन् ।
मनाङ एयरको दुर्घटना भएको यो पहिलो घटना होइन । यसअघि पनि दुर्घटना भएका छन् ६ वर्ष अगाडि सन २०१७ मा मनाङ एयरको दुर्घटना भएको थियो । सन २०१७ को जुन १० का दिन शनिवार बिहान काठमाण्डौबाट ६ जना बोकेर उडेको मनाङ एयरले गोसाइकुण्डमा क्य्रास ल्याण्डिङ गरेको थियो ।
कुनै मानवीय क्षति नभएपनि हेलिकप्टरमा केहि क्षति पुगेको थियो । मनाङ एयरको दोस्रो दुर्घटना सन २०१९ मा भएको थियो । अप्रिल १४ मा भएको सोलुखुम्बुको लुक्ला विमानस्थलमा दुर्घटनामा तीन जनाको ज्यान गएको थियो ।
रामेछापतर्फ यात्रा गर्ने क्रममा लिएको समिट एयरको टेकअफको क्रममा दुर्घटना भएको थियो । दुर्घटना बिहान ९ः१० मा भएको थियो ।