वरिष्ठ खेलकुद पत्रकार अर्यालको ‘नेपाली खेलकुदको वृत्तान्त’ सार्वजनिक
काठमाडौं । वरिष्ठ खेलकुद पत्रकार नवीन अर्यालको नेपाली खेलकुदको इतिहासलाई समेटेर लेखिएको ‘नेपाली खेलकुदको वृत्तान्त’ पुस्तक मंगलबार सार्वजनिक गरिएको छ ।
खेलकुदमन्त्री डिगबहादुर लिम्बू, नेपालको पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जीतबहादुर केसीसहितले पुस्तक विमोचन गरे ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उक्त पुस्तक नेपाली खेलकुदको ऐतिहासिक दस्तावेज भएको उल्लेख गरे ।
अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको प्रवेशदेखि खेलकुद विकासका विभिन्न चरणहरु पुस्तकमा समेटिएको लेखक अर्यालले बताए ।
शरदचन्द्र शाह मेमोरियल फाउन्डेसनसँगको सहकार्यमा क्रियटिभ बुक्सले पुस्तक प्रकाशन गरेको हो ।