फेदिखोला गाउँपालिका बन्यो श्रमिकलाई सामाजिक सुरक्षामा लैजाने पहिलो पालिका
काठमाडौं । अनौपचारिक क्षेत्र तथा स्वरोजगारका क्षेत्रमा कार्यरत श्रमिक पनि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सुरु भएको छ ।
कोषले ‘अनौपचारिक र स्वरोजगार क्षेत्र सामाजिक सुरक्षा योजना संचालन कार्यविधि, २०७९’ अनुसार वैशाख एक गतेदेखि कार्यान्वयनमा आए पनि करिव तीन महिनापछि बुधबारदेखि आवद्धता सुरु भएको हो ।
सामाजिक सुरक्षा कोष र स्याङजाको फेदीखोला गाउँपालिकाबीच अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोगारका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालनका लागि लिखित सम्झौता भएसँगै औपचारिक रुपमा अनौपचारिक क्षेत्र तथा स्वरोजगारका क्षेत्रमा कार्यरत श्रमिक कोषमा आवद्धता हुन सुरु भएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बुधबार आयोजित एक औपचारिक समारोहकाबीच कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवाली र गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीविच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
श्रमिक र स्वरोगार व्यक्तिलाई कोषमा आवद्ध गर्ने, उनीहरुको योगदान रकम संकलन गर्ने र ऐन, नियमावली र कार्यविधि बमोजिम सरकारको तर्फबाट सह-योगदान गर्ने सम्बन्धमा दुई पक्षविच समझदारी भएको हो । समझदारी पत्रमा पालिकाको तर्फबाट ६ बुदाँ कार्यान्वयन गर्ने र कोषका तर्फबाट तीन बुदाँ कार्यन्वयन गर्ने सहमति भएको छ ।
समझदारी पत्रमा हस्ताक्षर गर्दै कोषका कार्यकारी निर्देशक ज्ञवालीले कोषले आठदेखि १० स्थानीय तहलाई प्रस्ताव गरे पनि पहिलो चरणमा फेदीखोला गाउँपालिका सम्झौता गर्न तयार भएपछि सम्झौता गरिएको बताए । अब सम्झौता अनुसार श्रमिक सुचीकरण भएपछि भएपछि कार्यान्वयनमा जाने बताए । फेदीखोला गाउँपालिकासँग सम्झौता भएसँगै अन्य पालिका पनि कोषमा आवद्ध हुनका लागि बाटो खुला भएको कार्यकारी निर्देशक ज्ञवालीले बताए ।
यस्तै गाउँपालिकाका अध्यक्ष सुवेदीले पहिलो चरणमा गाउँपालिकाले सञ्चालन गरेको मजदुर सञ्चित कोषमा आवद्ध ७५० जना अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध भएको बताए । उनले आफ्नो पालिकाले पहिलो पटक सामाजिक सुरक्षा कोषसँग सम्झौता गर्न पाउदाँ हर्षित भएको पनि बताए ।
समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सामाजिक सुरक्षा कोषका अध्यक्षसमेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले फेदीखोला गाउँपालिकाले अनौपचारिक तथा स्वरोगारको क्षेत्रका कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएर नेपाली श्रम बजारमा नमुना र उदाहरणीय कार्य सुरु गरेको भन्दै प्रशंसा गरे । उनले यसै नमूनामुलक कार्यक्रमलाई आधार मानेर ७५३ वटै स्थानीय तहलाई अनौपचारिक तथा स्वरोजगारको क्षेत्रका श्रमिकलाई आवद्ध गराउनका लागि मन्त्रालयले परिपत्र गर्ने जानकारी पनि गराए ।
यसैविच सामाजिक सुरक्षा कोष र स्याङजाको फेदीखोला गाउँपालिकाबीच अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोगारका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालनका लागि भएको सम्झौता कार्यान्वयनका विषयमा रहेर नेपाल प्रेसकर्मी केशव भुलले सामाजिक सुरक्षा कोषका उप-निर्देशक एवम सह-प्रवक्ता रोहित रेग्मी र स्याङजाको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीसँग कुराकानी गरेका छन् ।
दुवै जनासँग गरिएको कुराकानी सम्पादित अंशः
सलाम छ, अध्यक्षज्यू। स्थानीय तहको अध्यक्ष हुन सुहाउने मान्छे भनेर सुनेको थिएँ, सावित गर्नुभयो, वधाई छ।