गृहमन्त्रीलाई एमालेको प्रश्न- मिटरब्याजीलाई कारबाही गर्ने विधेयक किन ल्याइएन ? (भिडिओ) – Nepal Press

गृहमन्त्रीलाई एमालेको प्रश्न- मिटरब्याजीलाई कारबाही गर्ने विधेयक किन ल्याइएन ? (भिडिओ)

‘एमालेले रोक्यो भनेर आरोप लगाउने ?’

काठमाडौं । नेकपा एमालेले आफूहरुको कारणले मिटरब्याज सम्बन्धी विधेयक रोकेको भनेर सरकारले भ्रम छरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले आज विधेयक किन नल्याएको भन्दै प्रश्न गरे ।

उनले गृहमन्त्रीलाई प्रश्न गर्दै भने, ‘आज उपप्रधान तथा गृहमन्त्रीजी पनि देखिनुभएन । उहाँले बाहिर धर्ना बसेको ठाउँमा गएर एमालेले रोक्यो, जसले रोकेपनि यो विधेयकलाई म अगाडि बढाउँछु । भनेर भनेको विधेयक सत्तापक्षले एमालेले सदन अवरुद्ध गरेर मिटरब्याजी विरोध विधेयक चाहिँ रोक्यो भनेर आरोप लगाएर बाहिर भ्रम छर्ने प्रयास भयो । तर, आज हामीले हाउस रोकेको छैन । कहाँ गयो विधेयक ?’

उनले प्रधानमन्त्री र गृहमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने बताए ।

 


प्रतिक्रिया

One thought on “गृहमन्त्रीलाई एमालेको प्रश्न- मिटरब्याजीलाई कारबाही गर्ने विधेयक किन ल्याइएन ? (भिडिओ)

  1. देशको सार्वभौमिकतामाथि धावा बोल्ने प्रधानमन्त्रीलाई घुँडा टेकाएर माफ माग्न बाध्य पार्न एमालेले गरेको संसद अवरोधलाई केही भारतीय दलालहरूले एमालेले मिटर व्याजीसम्बन्धी विधेयक ल्याउन दिएन भनेर लैनचौरबाट खाएको हण्डी पचाए । ती भारतीय नोकरहरू अहिले कुन दुलोमा छन् ? संसद खुलेको त धेरै दिन भयो । खै विधेयक ? अनि ती हण्डी खाएकाहरू खै बोलेको ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर