नेपालबाट चीन पठाउन थालियो हाईलेज घाँस – Nepal Press

नेपालबाट चीन पठाउन थालियो हाईलेज घाँस

काठमाडौं । नेपालमा चितवनबाट पहिलो पटक पशुपालनका लागि उपयोगी (हाईलेज) घाँस चीन निर्यात सुरु भएको छ ।

नेपालबाट आधिकारिक रूपमा चितवनको भरतपुरबाट चीनमा (हाईलेज) घाँस निर्यात सुरु भएको हो ।

चितवनको भरतपुरमा उत्पादित प्याकिङ घाँस ‘हाईलेज’को चीनमा निर्यातको उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कृषि मन्त्री बेदुराम भुसाल र नेपालका लागि चिनियाँ राजदूत छन् सङले संयुक्त रूपमा रिबन काटेर शुभारम्भ गरे ।

सो क्रममा उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले पशु आहार चीन पठाउने कामको आरम्भ भएको भन्दै अब नयाँ सम्भावनाको खोजी गर्नुपर्नेमा जोड दिए ।

व्यापार घाटा कम गर्ने र सफल रूपमा देशलाई विकास र समृद्धिको दिशामा फड्को मार्ने तिर लान जरुरी रहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ । उक्त अवसरमा हाईलेज पशु आहार लोड गरेको १० वटा ट्रकलाई रिबन काटेर चीन तर्फ पठाइएको थियो ।

करिब ८० टन हाईलेज चीनको सिगाचेमा पठाएको छ । करिब ३ वर्षको प्रयास पछि नेपालको घाँस हाइलेज चीन पठाउन सफल भएको हो ।

चिनिया व्यवसायीको लगानीमा चितवनमा हाल मकैको हाईलेज उत्पादन हुँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर