सुदूरपश्चिममा एमालेले दर्ता गर्‍यो खर्च कटौती प्रस्ताव – Nepal Press

सुदूरपश्चिममा एमालेले दर्ता गर्‍यो खर्च कटौती प्रस्ताव

कैलाली । सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेले खर्च कटौती प्रस्ताव दर्ता गरेको छ ।

एमाले सांसद धर्मराज पाठकले आज प्रदेश सभा सचिवालयमा खर्च कटौती प्रस्ताव पेश गरेका हुन् ।

असार १ गते अर्थमन्त्री नरेश बहादुर शाहीले बजेट प्रस्तुत गरेका थिए । अहिले सम्म बजेट पारित भएको छैन ।

यसैबीच भौतिक पूर्वाधार विकास मन्त्रालयले मन्त्रालयका भवनहरू विकास तथा व्यवस्थित गर्ने कार्यका लागि समानीकण अनुदानको १९ करोड रकम कटौती गर्न प्रस्ताव पेश गरिएको एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए ।

प्रदेशसभाले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा राख्ने निर्णय गरिसक्दा पनि प्रदेश सरकारले अख्तियारीको दुरुपयोग गर्दै मन्त्रालयका भवनहरू विकास तथा व्यवस्थित गर्ने कार्यका लागि ठुलो बजेट विनियोजन गरेको एमालेको आरोप छ ।

एमाले संसदीय दलका नेता रावलले उक्त कार्यको विरोध स्वरूप आफूहरूले खर्च कटौती प्रस्ताव पेश गरिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर