एमसीसीबारे एमाले- बिना व्यवधान समयसीमा भित्रै कार्यान्वयन हुनुपर्छ (भिडिओ)
काठमाडौं । नेकपा एमालेले अमेरिकी सहयोग परियोजना एमसीसी समयमै कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ।
आज बसेको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले एमसीसीजस्तै राष्ट्र हितमा रहेर अन्य सहयोग लिन सकिने बताए ।
उनले भने, एमसीसी पारित भइसकेको अवस्थामा त्यसको बिना व्यवधान समयसीमा भित्रै कार्यान्वयन हुनुपर्छ भन्ने ठान्छौँ। एमसीसीसहित अन्य देशबाट हुने आर्थिक सहयोग राष्ट्रिय हितमा प्रयोग गर्न सक्छौँ।’
बैठकअघि संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले मिलेनियम च्यालेन्स कर्पोरेसन एमसीसी परियोजना चाँडै सम्पन्न गर्नुपर्ने भन्दै अध्यक्ष ओलीसँग भेटेका थिए।
लु एमसीसी कार्यान्वयनको चरणमा रहेको बेलामा अहिले नेपाल भ्रमणमा छन्।