चितवनमा वर्ष दिनभित्र ४७५ जना फरार व्यक्ति पक्राउ, १ करोड ३० लाख जरिवाना असुल – Nepal Press

चितवनमा वर्ष दिनभित्र ४७५ जना फरार व्यक्ति पक्राउ, १ करोड ३० लाख जरिवाना असुल

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले एक वर्षको अवधिमा अदालतबाट विभिन्न कसुरमा दोषी ठहर भई फरार रहेका ४७५ जना मानिसलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अदालतको फैसला कार्यान्वयनको लागि आफू मातहतका प्रहरी परिचालन गरी फरार प्रतिवादी पक्राउ गरिएको हो ।

आर्थिक वर्ष २०७९/०८० को १२ महिनाको अवधिमा पक्राउ परेका उनीहरुबाट ८० वर्ष १० महिना ७ दिन कैद सजाय कार्यान्वयन गराइएको छ । उनीहरुबाट अदालतले विभिन्न समयमा गरेको जरिवाना फैसलाको पनि कार्यान्वयन गराइएको छ ।

४७५ जनाबाट १ करोड ३० लाख ६७ लाख १३३ रुपैयाँ जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी इन्स्पेक्टर निर्मल पनेरुले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर