कांग्रेस बैठकमा प्रस्ताव- गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाऔं – Nepal Press

कांग्रेस बैठकमा प्रस्ताव- गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाऔं

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने प्रस्ताव भएको छ ।

बैठकमा आफ्नो धारणा राख्ने क्रममा कांग्रेस केन्द्रस्य सदस्य सीतादेवी देवकोटाले पार्टीमा धेरै संघर्ष गरेको व्यक्ति भएकाले श्रेष्ठलाई वरिष्ठ नेता बनाउँन माग गरिन् ।

उनको कोषाध्यक्ष महिला बनाउँनुपर्ने बताइन् । पार्टीलाई कमजोर बनाउँने छुट कसैलाई नभएको बताइन्। विदेशमा रहेकाहरुलाई स्वदेशमै फर्काउने पार्टीको कार्यक्रम के छ? भन्दै महामन्त्रीहरुलाई प्रश्न गरिन् ।

१४ औं महाधिवेशनमा सभापतिमा देउवासँग पराजित भएको डा. शेखर कोइरालाले वरिष्ठ नेताको आकांक्षा गरिरहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर