अझै १०० केजी बढी सुन विमानस्थलभित्रै रहेको आशंकामा विशेष अपरेशन जारी
काठमाडौं । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा थप १०० केजी सुन रहेको आशंकामा विशेष अपरेशन चलाइएको छ ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले त्रिभुवन विमानस्थल भन्सार परिसरमा विशेष अप्रेशन भइरहेको नेपाल प्रेसलाई बताए ।
उनले भने, ‘हिजो पक्राउ परेको परिमाण वा त्यो भन्दा धेरै सुन रहेको आशंकामा अहिले त्रिभुवन विमानस्थल भन्सार परिसरमा विशेष अप्रेशन भइरहेको छ । अप्रशनपछि के हो थाहा हुन्छ । अहिले शंका हो ।’
बुधबार बेलुका १०० केजी सुन भन्सार पास भएर विमानस्थल नजिकैबाट सुन पक्राउन गरेको थियो । राजश्व अनुसन्धान विभागको विशेष टोलीले उक्त सुन बरामद गरेको हो ।
चीनबाट कार्गो गरी ल्याइएको स्कुटरको पार्टसमा सुन लुकाइएको भेटिएको थियो । रेडी प्रालिले ८ वटा कार्टुनमा ल्याएको थियो ।