अखिल क्रान्तिकारीद्वारा थप चार वटा क्याम्पसमा वृक्षारोपण
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले बुधबारदेखि सुरु गरेको वृक्षरोपण अभियानअन्तर्गत काठमाडौंका थप चार वटा क्याम्पसमा विरुवा रापेको छ ।
अखिल क्रान्तिकारीले देशभर एक लाख विरुवा रोप्ने अभियानअन्तर्गत बिहीबार काठमाडौंको बाल्मीकि, विश्वभाषा, शङ्करदेव र रत्नराज्यलक्ष्मी क्याम्पसमा वृक्षारोपण सम्पन्न गरेको हो ।
वृक्षारोपणको क्रममा संगठनका उपाध्यक्ष एवम् रचनात्मक तथा खेलकुद विभागका प्रमुख मदन भुलले जलवायु परिवर्तन विश्वको प्रमुख समस्या भएकाले वातावरण जोगाउन र जलवायु परिवर्तनबाट मानव जीवनमा पर्ने संकट समाधान गर्न वृक्षारोपण अभियानले महत्त्वपूर्ण सहयोग पुर्याउने बताए ।
अखिल क्रान्तिकारीले २०८० साललाई वृक्षारोपण वर्ष घोषणा गरेको छ ।