युवा संघको नारा- सेटिङमा सरकारको लस्कर, बिगबिगी सुन तस्कर (तस्बिरहरु)
काठमाडौं । नेकपा एमाले निकट युवा संघ नेपालले सुन तस्करी प्रकरणविरुद्ध प्रदर्शन गरेको छ ।
काठमाडौंको माइतीघर मण्डलामा संघले विभिन्न प्लेकार्डसहित नाराबाजी गर्दै प्रदर्शन गरेको हो । त्यस्तै, संघले प्रदर्शनका क्रममा मसाल जुलुस निकालेको छ ।
संघले बुधबार बरामद भएको करिब एक क्वीन्टल अवैध सुन तस्करीमा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै प्रदर्शन गरेको हो ।
उनीहरुले गृहमन्त्रीको राजीनामा माग्दै ‘सुन तस्करलाई फाँसी दे’, ‘सुनको रह्यो ब्रेक सु, तस्करीमा गृहमन्त्रीकै ब्रेक थ्रु’, ‘सेटिङमा सरकारको लस्कर, बिगबिगी सुन तस्कर’ जस्ता नारा लगाएका थिए ।
प्रदर्शनमा प्रेस चौतारी नेपालले पनि ऐक्यवद्धता जनाउँदै सहभागी बनेको थियो ।