कांग्रेसको हीरक जयन्तीमा सूर्य प्रसादलाई संस्थापक नेता पुनर्स्थापित गर्न अर्जुन नरसिंह केसीको प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले स्वर्गीय सूर्य प्रसाद उपाध्यायलाई पार्टीको संस्थापक नेतामा पुनर्स्थापित गर्न प्रस्ताव राखेका छन् ।
केन्द्रीय समितिको जारी बैठकमा आफ्नो धारणा राख्ने क्रममा केसीले इतिहासलाई मेट्न नमिल्ने बताए ।
यो वर्ष क्यालेण्डर बनाएरै कांग्रेस स्थापनाको हीरक जयन्ति मनाउन आग्रह गर्दै केसीले यही हीरक जयन्तीबाटै सूर्य प्रसाद उपाध्यायलाई संस्थापक नेताका रूपमा पुनर्स्थापित गर्नुपर्ने बताए ।
२००३ सालमा प्रजातन्त्र कांग्रेस स्थापना हुँदाका संस्थापक नेता उपाध्यायलाई कांग्रेसले आफ्ना संस्थापक नेताका रूपमा राख्ने गरेको छैन । बिपी कोइराला,सुवर्ण शमशेरहरूजस्तै सूर्य प्रसादलाई पनि संस्थापकमा राख्न केसीले माग गरेका हुन् ।
उपाध्याय २०१५ सालको निर्वाचनमा पूर्व २ नम्बर रामेछापबाट कांग्रेसको उम्मेदवार बने पनि गोरखा दलका बेनीबहादुर कार्कीसँग पराजित भएका थिए ।
कार्की पछि गएर कांग्रेस बनेर राष्ट्रिय सभा अध्यक्ष बने भने उपाध्यायलाई बिपीले कहिल्यै पनि मन पराएनन् ।
बैठकमा केसीले प्रस्तुत गरेकाे विचार पूर्णपाठ