नेकपा एसका रामेछाप जिल्ला अध्यक्ष बस्नेत एमालेमा फर्किए
नेपाल प्रेस
२०८० साउन ७ गते १३:३८
काठमाडौं । नेकपा एकीकृत समाजवादीका रामेछाप जिल्ला अध्यक्ष रमेश बस्नेत पुष्पलाल स्मृति दिवसको अवसर पारेर नेकपा एमालेमा फर्किएका छन् ।
स्मृति दिवसका अवसरमा आइतबार मन्थलीमा आयोजित कार्यक्रममा महासचिव शंकर पोखरेलले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।
मन्थली नगरपालिकाका पूर्व मेयर समेत रहेका बस्नेत गत निर्वाचनमा प्रदेश सभा सदस्यको उम्मेदवार उठेका थिए ।
बस्नेतसँगै लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ७ मा नेकपा एसबाट निर्वाचित वडा सदस्य सरोज आले मगर र राप्रपाका नेता केशव दाहाल पनि एमाले प्रवेश गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर