अमेरिका पुर्याइदिने भन्दै ४ जनाबाट सवा २ करोड लिइ बीच बाटोमा अलपत्र पारेको आरोपमा एकजना पक्राउ
नेपाल प्रेस
२०८० साउन ८ गते १६:४७
काठमाडौं । नेपालीलाई अमेरिका पुर्याइदिने भन्दै २ करोड २६ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पोखरा महानगरपालिका-२७ स्थायी घर भई काठमाडौंको गुहेश्वरी बस्दै आएका ३४ वर्षीय कमल तामाङलाई पक्राउ गरेको हो ।
कमलविरुद्ध हालसम्म ४ जनाको जाहेरी परेको छ । ब्यूरोका अनुसार तामाङले पीडितबाट ११ लाखदेखि ६० लाख रुपैयाँसम्म उठाएका छन् । भारतको नयाँ दिल्ली हुँदै श्रीलंका, दुबई, सिंगापुर, फिलिपिन्स, थाइल्यान्ड, लाओस, जाम्बिया लगायत देशसम्म पुर्याएर पिडितलाई अलपत्र पारेको उनिहरुमाथी आरोप छ ।
प्रतिक्रिया
सम्बन्धित खवर