१५औं महाधिवेशनबाट शेखर कोइरालालाई सभापति बनाएरै छाड्ने धनराजको उद्घोष (भिडिओ)
काठमाडौं । कांग्रेसका उपसभापति तथा कानूनमन्त्री धनराज गुरुङले पार्टी रुपान्तरणका लागि १५औं महाधिवेशनमा डा. शेखर कोइरालाई सभापति बनाएरै छाड्ने बताएका छन् । वीपी स्मृति सप्ताह कार्यक्रममा बोल्दै उनले अबको आफूहरूको अजुनदृष्टि १५औं महाधिवेशन हुने बताए।
उनले भने, ‘हामीले पार्टी रुपान्तरणको अभियान लिएर १४औं महाधिवेशनमा उठेका थियौं । त्यो रुपान्तरणको अभियान सकिएको छैन । विश्राम लिएका छैनौं । अहिले नै रुपान्तरणको नाम पार्टी सभापति बदल्ने कि नबदल्ने भन्ने प्रश्न पनि उठ्छ । तर, पनि मैले भन्दै आएको छु १४औं महाधिवेशनपछि नपुग्ने र नहुने कुरा गर्न चाहन्न । मैले अहिले नै खरो ढंगबाट पार्टी सभापति बदल्नुपर्छ भन्ने चाहन्नँ, सक्दिनँ । भन्दिन पनि । अब पार्टी रुपान्तरणको लागि १५ औं महाधिवेशनलाई लक्ष्य बनाएका छौं ।’
उनले थपे, ‘हामी शेखर कोइरालालाई उम्मेदवारमात्रै होइन सभापतिमै स्थापित गराउँछौं ।’