मिटरब्याज पीडित बन्दी सीतालाई न्यायको माग गर्दै पोखरामा प्रदर्शन (भिडिओ) – Nepal Press

मिटरब्याज पीडित बन्दी सीतालाई न्यायको माग गर्दै पोखरामा प्रदर्शन (भिडिओ)

पोखरा । पोखरा महानगरपालिका २७ रिठ्ठेपानीकी सीता दर्जीलाई चेक बाउन्सको मुद्दामा पक्राउ परेको विरोधमा पीडितले विरोध प्रदर्शन गरेका छन् । संयुक्त दलित संघर्ष समिति कास्की नेतृत्वमा सीताको परिवारसहितले जिल्ला प्रशासन कार्यालय कास्कीमा अगाडि नाराबाजी तथा धर्ना गरेका हुन् ।

उनीहरुले मिटरब्याज पीडित बन्दी सीता दर्जीलाई न्याय दे, मिटरब्याजी कमल थापालाई तत्काल गिरफ्तार गर, मिटरब्याजी कमिशनखोर विरुद्ध संयुक्त संघर्ष अगाडि बढाऔं’ जस्ता प्लेकार्डसहित विरोध गरेका छन् ।

सीता दर्जीले २०७४ जेठ ८ गते स्याङ्जा गल्याङ नगरपालिका ७ घर भएका कमल थापासँग ६ लाख लिएको र २ वर्षमा पटकपटक गरी २१ लाख १० हजार बुझाइसकेका छन् । तर, १७ लाखको फर्जी तमसुक बनाइ चेक बाउन्समा मुद्दा हालेर सीता दर्जीलाई फसाएको परिवारको आरोप छ ।

थापाले दर्जीको एनआइसी एसिया बैंक र एसबिआई बैंकका २/२ वटा चेक फकाइफुलाई तथा विभिन्न बाहना बनाई लगेको र सोही चेकलाई हतियार बनाएर चेक बाउन्स गरेको आरोप परिवारले लगाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर