रेडी ट्रेडले ३३ पटक भित्र्याएको शंकास्पद सामानभित्र के थियो ? सदनमा एमालेले प्रश्न उठाउने
काठमाडौं । सरकारका मन्त्रीहरूको संरक्षणमा लामो समयदेखि सुन तस्करी भएको भन्दै प्रमुख विपक्षी नेकपा एमालेले सदनमा जवाफ माग्ने भएको छ ।
नाम नचलेको र भर्खर स्थापना भएको रेडी ट्रेड दर्ता भएको ४ महिनाभित्र ३३ पटक ब्रेक शु र सेभिङ मेसिनजस्ता सामान शंकास्पद रूपमा भित्रिनुमा सरकारको संलग्नता रहेको आरोप एमालेको छ ।
३३ पटकसम्म भित्रिएको सुन तस्करीलाई गृहमन्त्रीकै संरक्षण रहेको भन्दै एमालेले यसबारेमा जवाफ माग्न लागेको हो । आजै प्रतिनिधि सभाको बैठक बस्नुअघि एमाले संसदीय दलको बैठक बोलाएको छ ।
दलको बैठकले थप रणनीति तय गर्ने प्रमुख सचेतक पदम गिरीले बताए । एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ ।