ठमेलमा क्लबका सञ्चालकमाथि कुटपिटमा संलग्न ७ जना धरौटीमा रिहा, सानुभाइ अदालतमा पेश
नेपाल प्रेस
२०८० साउन १० गते १४:३३
काठमाडौं । ठमेलस्थित ओम्निया क्लबका बाउन्सर र सञ्चालकलाई कुटपिट गरेको आरोप लागेका ७ जना धरौटीमा छुटेका छन् ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले उनिहरुसँग जनही ८/८ हजार रुपैयाँ धरौटी मागेको हो । मुख्य नाइके भनिएका सानुभाई भनिने युवराज गुरुङलाई भने बुधबार अदालत पेश गरिएको छ । पटके कायम भएका कारण उनलाई अदालत लगिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर