कांग्रेस सांसद शर्माले मागे गृह र अर्थमन्त्रीको राजीनामा, प्रधानमन्त्री आएपछि सदनमै अनसन बस्ने चेतावनी (भिडिओ) – Nepal Press

कांग्रेस सांसद शर्माले मागे गृह र अर्थमन्त्रीको राजीनामा, प्रधानमन्त्री आएपछि सदनमै अनसन बस्ने चेतावनी (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

सुन तस्करीमा प्रकरणलाई लिएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले अनुसन्धान प्रक्रियालाई सहज बनाउन राजीनामा दिनुपर्ने बताए ।

प्रतिनिधि सभाको बैठकमा उनले भने, ‘उहाँहरुले यो अनुसन्धानलाई सहज बनाउनको लागि अहिलेलाई मुख्य सुनको मालिक पत्ता नलागेसम्म राजीनामा गरेर प्रजातान्त्रिक यो अभ्यासलाई कदर गर्नुपर्छ ।’

गृहमन्त्री र अर्थमन्त्रीले मुख्य नाइकेलाई नसमाते प्रधानमन्त्रीको आगमनपछि सदनभित्रै आमरण अनसन बस्ने चेतावनी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर