कालीमाटी तरकारी बजारका सटर सेटिङमा भाडा लाउन थालेपछि विरोध (भिडिओ)
काठमाडौं । कालीमाटी तरकारी बजारका सटरहरू विनाप्रतिस्पर्धा भाडामा दिने सम्झौता खारेज गर्नुपर्ने भन्दै राष्ट्रिय किसान सञ्जालले कालीमाटी तरकारी बजार विकास समितिको कार्यालय धर्ना दिएका छन्
बजारका सटर र स्टलहरु खुल्ला प्रतिष्पर्धामार्फत भाडामा लगाउनुपर्ने र विनाप्रतिष्पर्धा भाडामा दिने सम्झौता खारेज गर्नुपर्ने भन्दै किसान सञ्जालका सदस्यले धर्ना दिएका हुन् । सञ्जालले बजारका ५० प्रतिशत सटर र स्टलहरू उत्पादक किसानलाई सहुलीयत दरमा छुट्टाउनुपर्ने, बजार विकास समितिमा ५० प्रतिशत किसान प्रतिनिधि सुनिश्चित हुनुपर्ने माग पनि अघि सारेको छ ।
किसान र उपभोक्ता हितविरोधी निर्णय खारेज गर्नुपर्नेलगायतका माग राख्दै विगत चार दिनदेखि निरन्तर समितिको कार्यालय धर्ना दिइएको अखिल नेपाल किसान महासंघका महासचिव बाबुराम थापाले बताए ।
समितिले गरेको निर्णय फिर्ता नगरेसम्म धर्ना जारी रहने सञ्जालले जनाएको छ । यस्तै सञ्जालले लम्पी स्किन रोगबाट पशु क्षति भएको, पशु बीमाको रकम नपाएको, तरकारी उत्पादक किसानले उचित मूल्य नपाएको भन्दै थप देशव्यापी आन्दोलन सुरू गरेको समेत जनाएको छ ।
ठिक हो ।भुसालले जिन्दगीभर काम्युनिज्म भनेर भट्यायो ।मौका पाएपछि सटर भाडामा लगाउँदा घोटाला गर्यो ।के अर्थ उसको नक्कली समाजवादको । ती सबै सटर किसान सहकारीलाई भाडामा दिनुपर्छ । किसान र मजदुरको पार्टी भनेर नक्कली दावी गर्ने नै सरकारको नाईके होइन ? नाईकेले समेत बाँडेर लिएका होलान । खुरूक्क किसानहरूको समूहलाई सटर भाडामा दे भ्रष्ट सरकार ।