ओलीको आरोप- प्रचण्डले एमालेको रकम खाए पिए तर, हिसाबकिताब बुझाएनन् (भिडिओ)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीसँग नेकपा एमालेको एकता पानी र तेलको जस्तो बनेको बताएका छन् । नेकपा निर्माणपछि पनि प्रचण्डले आफ्नो पार्टी जीवितै राखेको उनको आरोप छ ।
जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘माओवादीसँग एकता भनिए पनि वास्तविक एकता भएन । तेल एकातिर पानी अर्कोतिर भयो । मिक्स अप नै हुन सकेन हुनै दिइएन । प्रचण्डले आफ्नो पार्टीका बैठकहरु गरिरहे । आफ्नो पार्टी जीवितै राखिरहे ।’
प्रचण्डले एमालेको खाएको तर हिसाबकिताब नबुझाएको ओलीको अर्को आरोप थियो ।
‘उनले पार्टीमा हिसाबकिताब बुझाएनन् । एमालेको रकम लिए । एमालेकाे रकममा चले । एमालेको रकम खाए, पिए सबै गरे । तर, एमालेमा एक पैसा दाखिल गरेनन् । हिसाब पनि दाखिला गरेनन्, कार्यालय पनि दाखिला गरेनन् । बैंकमा भएको डिपोजिट पनि दाखिल गरेनन् । सबै आफैंसँग राखे’, ओलीले भने ।
जस्ले जे बोले पनि, बोल्दैमा सबै सत्य हुन सक्दैन। तर बोलेको सत्य हो भनेर प्रमाणको आधारमा समाचारलाई स्थान दिनु ! ? पत्रकार, पत्रीका र पत्रकारिताको नै धज्जी उडानु हो, । सम्माननीय पूर्व प्रधानमन्त्रीज्यूको यस्ता खाले अभिव्याक्तीले प्रचण्ड सरकारको जनमूखी कार्यको ओझलाई सहन नसकेर अर्थहिन अभिव्यक्त गर्न थाल्नु भएको छ । यस्तो अभिव्याक्तीले जनतामा किमार्थ भ्रम पैदा हुन सक्दैन ।