लाजिम्पाटमा खुल्यो ‘इजाकाया’, जापानी परिकार पाइने – Nepal Press

लाजिम्पाटमा खुल्यो ‘इजाकाया’, जापानी परिकार पाइने

काठमाडौं । १७ वर्ष जापानमा व्यवसाय गरेर नेपाल फर्किएका अर्जुन अधिकारीले होटल ¥याडिसनको हातामा जापानी परिकार पाइने इजाकाया सञ्चालनमा ल्याएका छन् ।

सन् २०१७ देखि नेपालमा जापानिक खानाका परिकार पस्किने उद्देश्यले बुढानीलकण्ठमा रहेको पार्क भिलेज होटेलको हातामा होक्काइडो रामेन हाउस रेन्टुरेन्ट सञ्चालनमा लिएका अधिकारीले अहिले विभिन्न ठाउँमा ७ वटा रेस्टुरेन्ट सञ्चालन गरेका छन् ।

जापानीज खानामार्फत नेपालमा जापानिज संस्कृति र प्रचलन को प्रबर्धन गर्ने जमर्को आफूले गरेको उनले बताए ।
जापानी भाषाका ‘इजाकाया’को अर्थ- बस्ने, पिउने र आराम गर्ने ठाउँ हो । रेष्टुरेन्टमा प्रमाणिक जापानी खाना राति एक बजेसम्म उपलब्ध हुने सञ्चालक अधिकारीले बताए ।

नेपालीले अन्य खानाका लागि गर्ने खर्चकै हाराहारीमा जापानी खानाको स्वाद लिन सक्ने उनले बताए ।

रेस्टुरेन्टको उद्घाटनमा जापानी जदुतावासका काउन्सिलर ताकाहिरो तमुरा, जापानिज च्येम्बर अफ कमर्सका अध्यक्ष श्री तात्सू मात्सुमोतो र अन्य निजि क्षेत्रका साथै अन्य संस्थानहरुका प्रतिनिधिहरुको उपस्त्थिति रहेको थियो । कार्यक्रममा रास्वपाका उपाध्यक्ष डी पी अर्याल, एनआर एन ए का भूपू अध्यक्ष भवन भट्ट, ग्यास वन नेपालप्रा लि का प्रवन्ध संचालक हिडेपिमिजिन्नाई लगायतको सहभागिता थियो ।

सञ्चालकले जापानी खानाको परिकार मात्रै नभएर आफूसँग आवद्ध १३० भन्दा बढी कर्मचारीलाई दक्ष बनाउँदै पूर्णरुपमा व्यवसायिक बनाउने योजना रहेको बताए । भविष्यमा नेपाल र जापानबीचको सम्बन्धलाई स्वादमार्फत् जोड्दै जाने उद्यमी उत्पादन र सेवा विस्तार पनि हाम्रो लक्ष्यहुने सञ्चालक अधिकारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर