प्रधानन्यायाधीश सिफारिस ढिला भएकामा ओली असन्तुष्ट, परिषद् बैठक बोलाउनेबारे छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्ड र ओलीबीच दुई घण्टा कुराकानी भएको हो।
प्रधानमन्त्रीले शनिवार नै बोलाएपछि ओली आज भेट्न पुगेका हुन्।
विशेष गरी संवैधानिक परिषद्को बैठक बोलाउनेबारे छलफल, प्रधानन्यायाधीश सिफारिसलगायतका विषयमा छलफल केन्द्रित भएको जनाइएको छ।
भेटवार्ताको क्रममा ओलीले प्रधानमन्त्रीसँग संवैधानिक परिषद्को बैठक संविधान बमोजिम एक महिनाअघि नै किन बैठक राखिएन भनेर भन्दै असन्तुष्टि व्यक्त गरेको छन्।
भेटवार्ता संसद् अवरोध खुलाउनेबारे पनि छलफल भएको बताइन्छ।