प्रधानन्यायाधीश नियुक्ति सिफारिसबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक बोलाइयो
नेपाल प्रेस
२०८० साउन १४ गते १७:०४
काठमाडौं । संवैधानिक परिषद्को बैठक मंगलबार बस्ने भएको छ। प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि छलफल गर्नका लागि मंगलबार अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको हो ।
आज बिहान बालुवाटारमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संवैधानिक परिषद्को बैठक बोलाउने र प्रधानन्यायाधीश सिफारिसको बिषयमा छलफल भएको थियो ।
भेटको क्रममा ओलीले प्रधानमन्त्रीसँग संवैधानिक परिषद्को बैठक संविधान बमोजिम एक महिनाअघि नै किन बैठक राखिएन भनेर भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।
प्रतिक्रिया
सम्बन्धित खवर