स्वस्तिक लघुवित्तले आईपीओ ल्याउने – Nepal Press

स्वस्तिक लघुवित्तले आईपीओ ल्याउने

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आईपीओ जारी गर्ने भएको छ ।

आईपीओ ल्याउनका लागि स्वस्तिकले निष्कासन तथा बिक्री प्रबन्धक पनि नियुक्त गरेको छ । यस कम्पनीको आईपीओमा नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले बिक्री प्रबन्धकको काम गर्ने भएको हो ।

यस सम्बन्धी सम्झौतामा दुवै संस्थाबीच हस्ताक्षर भएको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आफ्नो अधिकृत पूँजीको ४० प्रतिशत सेयर सर्वसाधारणमा ल्याउन लागेको हो ।

सम्झौता पत्रमा स्वस्तिकका प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र लाल कर्ण र निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनिष नारायण जोशीले हस्ताक्षर गरे ।

स्वस्तिक लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय सिरहा जिल्ला लहान न।पा। वडा नम्बर ८ मा रहेको छ ।

स्वस्तिक लघुवित्त मधेश प्रदेशस्तरको लघुवित्त वित्तीय संस्था हो । हाल यसले १३ हजार भन्दा बढी परिवारमा वित्तीय सेवाहरू प्रदान गर्दे आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर