बालुवाटार बैठकमा नेताहरूलाई प्रचण्डले भने- फोटोमै राजनीतिकरण हुन थाल्यो, सतर्क हुनुहोला – Nepal Press

बालुवाटार बैठकमा नेताहरूलाई प्रचण्डले भने- फोटोमै राजनीतिकरण हुन थाल्यो, सतर्क हुनुहोला

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरूलाई सचेत गराएका छन्।

सुन प्रकरणमा पार्टीका नेताहरूकै नाम मुछिएपछि प्रचण्डले सार्वजनिक व्यक्तिकहाँ धेरै जोडिन आउने भएपछि सचेत रहन आग्रह गरेका हुन्।

बैठकमा प्रधानमन्त्रीको भनाइलाई उद्धृत गर्दै सचिव दिनानाथ शर्माले भने, ‘सार्वजनिक मान्छेहरूका बीचमा धेरै अन्य मान्छेहरू आउँछन्, जोडिन्छन्। त्यसैका आधारमा अहिले राजनीतिकरण भइरहेको छ। सरकारले अहिले भ्रष्टाचार र तस्करीलाई जरैमा पुगेर निर्मूल गर्न प्रयत्न गरिरहेको छ। यो सन्दर्भमा राजनीति गर्ने व्यक्तिहरूले फोटोलाई पनि देखाएर राजनीतिकरण गरेर कसै व्यक्तिहरूसँग जोड्ने काम पनि गरेका छन्। त्यसमा सतर्क हुनुपर्‍यो।’

सरकारले पछिल्लो समय भ्रष्टाचार विरोधी अभियान चलाइरहेको छ। तर, सुन प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग उपमहासचिव वर्षमान पुनसहितको फोटा फोटो सामाजिक सञ्जालमा भाइरल छ। तर, पुनले त्यो फोटो पुरानो भएको प्रष्टीकरण दिइसकेका छन्। त्यसैले पुरानो फोटोमा पनि राजनीतिकरण हुने भएकाले प्रचण्डले नेताहरूलाई सचेत हुन आग्रह गरेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर