संविधानमा भएका कमीकजोरीलाई सच्याउँदै अघि बढ्नुपर्छ: देउवा – Nepal Press

संविधानमा भएका कमीकजोरीलाई सच्याउँदै अघि बढ्नुपर्छ: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको आवश्यकता राष्ट्रिय एकताको भएको बताएका छन् ।

नुवाकोट कांग्रेसको खीर खाने र चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले संविधानमा भएका कमीकजोरीलाई सच्याउँदै अगाडि बढाउनुपर्ने जिम्मेवारी रहेको बताए ।

उनले भने, ‘अहिले नै नभए पनि भोलिका दिनमा आवश्यकताअनुसार हुनसक्छ । अहिलेको महत्वपूर्ण कुरा राष्ट्र र राष्ट्रिय एकता हो । राष्ट्रको सार्वभौम सत्ता हो । राष्ट्रिय एकतालाई स्थायी गराउने हाम्रो कर्तव्य हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर